सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने

 

माघ १०, बिराटनगर । जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरणगर्न नया निति तजमाुुगर्ने उदेश्यले विराटनगरमा सुुझाव संकलन गरिएको छ । 

नेपाल सरकारले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धी नयाँ नीति ल्याउन लागेको हो । वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको प्रदेश स्तरिय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव संकलन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का उधोग , पर्यटन , वन तथा वातावरण मन्त्री जगदिश कुुसियतले जलवायुु परिवर्तनको जोखिम न्युुनिकरण गर्न ठूला–ठूुला विकास निमार्ण तथा योजनाको काममा ध्यान पुुर्याउँनु पर्नेमा जोड दिए । 

null

मन्त्री कुुसियतले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ नीति बनाउनुुपर्ने बताए । सो अवसरमा मन्त्रालयका सचिव वद्रिराज ढुुंगानाले राष्ट्रिय अन्तराष्ट्रिय परिवेस अनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कमगर्ने गरी नयाँ नीति ल्याउन लागेको बताए । 

कार्यक्रममा वोल्दै प्राकृतिक श्रोत पूर्वाधार समितिका सदस्य एवम् सांसद घनश्याम खतिवडा, वन तथा वातावरण मन्त्रालय अन्र्तगत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा. महेश्वर ढकालले, तिनवटै तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नगरी साँझा मुुद्धा वनाउनुुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश न १ का स्थानिय निकायका प्रतिनिधी, प्रदेश र संघिय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पती विज्ञहरुले बिभिन्न सुुझाब दिएका थिए । 

कार्यक्रममा नेपालमा ३० वर्षयता तापक्रम ० दशमलव ७ डिग्रीले बढी रहेको, खोलाहरु सुुकिरहेको , हिमताल पग्लि रहेको जानकारी गराइएको थियो । मन्त्रालयले सातवटै प्रदेशवाट सुुझाव संकलन गरी जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =