तीन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिए, अस्पताल परिसरमै दुई घन्टा धर्ना दिने

काठमाडौं। विगत १४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै विभिन्न तीन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिने भएका छन्।  

त्रिभुवन शिक्षण अस्पताल, वीर र विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकत्सकहरुले विज्ञप्ती जारी गर्दै ओपीडी सेवामा सहभागी नभइ अस्पताल परिसरमै दुई घन्टा धर्ना दिने जनाएका छन्। 

उनीहरुले बुधबार बिहिबार दुइ दिन ओपीडी सेवामा सहभागी नभइ तिनै वटा अस्पताल परिसरमा दुइ घन्टा धर्ना दिने विज्ञप्तप्मा उल्लेख छ। केसीको माग सम्बोधनका लागि उनीहरुले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउने पनि तयारी गरेका छन्। 

null

डाक्टर केसीको माग सम्बोधन गर्न वार्ताका लागि ठोस पहल नभए शुक्रबारदेखि ओपीडी सेवा पूर्णरुपमा बहिस्कार गर्ने चेतावनी उनीहरुले दिएका छन्। चिकित्सा शिक्षा र स्वाथ्य क्षेत्रको माग राख्दै डाक्टर केसी गत पुस २५ गतेदेखि अनशनमा छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *