मोहम्मद सलाहले जिते ‘अफ्रिकन बर्ष खेलाडी अवार्ड’

एजेन्सी । इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले अफ्रिकन बर्ष खेलाडी अवार्ड जितेका छन् ।  सेनेगलमा मंगलबार राति आयोजित एक विशेष कार्यक्रममा सलाहलाई अवार्ड प्रदान गरिएको थियो । 

इजिप्टका २६ बर्षिय सलाहले लगातार दोस्रो पटक अफ्रिकन बर्ष खेलाडी अवार्ड जितेका हुन् । यस अवार्ड जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलका साडियो माने र गाबोन तथा आर्सनलका पेरिक एम्रिक आबुमियाङलाई पछि पारे । 

सलाहले यसअघि बीबीसी अफ्रिकन बर्ष खेलाडी अवार्ड समेत जितेका थिए । 

null

सन् २०१८ मा राष्ट्र र क्लबमा गरेको प्रदर्शनको आधारमा सलाहले अवार्ड हात पारेका हुन् । गत सिजन ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्र्याएका थिए । 

महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले जितिन् । यस्तै सलाह अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *