२ वर्षीय बच्चीलाई ब्लिडिङ, डायपर खोलेर हेर्दा…

 

माघ १०, काठमाडौँ । सबै आमा आफ्नो शिशुको एकदमै ध्यान दिन्छिन् । ख्याल राख्छिन् । उनीहरुलाई स्वस्थ राख्न हमेशा कसरतमै हुन्छिन् आमा । चाहे समान किन्दा होस् या उनीहरुको स्वास्थ्यसँग जोडिएको केही समस्या होस्, आमा सदैव सचेत रहन्छिन् । 

एउटा यस्तो घटना छ जुन सुन्दा सबै आमा अच्चम्मित हुनेछन् । यो खबर सुनेपछि तपाईंहरु आफ्नो बच्चाको लागि केही किन्नुभन्दा पहिले सय पटक सम्म सोच्नुहुनेछ । 

null

स्कटल्याण्डमा एक महिला शेर्लोट डाउनीकी २ वर्षीय छोरीलाई अचानक ब्लीडिङ हुन थाल्छ । छोरीलाई त्यस्तो अवस्थामा देखेर आमा निकै आत्तिन्छिन् । २ वर्षकी छोरीलाई अचानक ब्लीडिङ हुन्छ भने जो कोही पनि अचम्मित त हुन्छन् नै आमाहरु आत्तिन्छन् पनि । 

वाली शेर्लोटले आफ्नी २ वर्षीया छोरीलाई डायपर लगाइदिएकी थिइन् । त्यसको आधा घण्टापछि बच्ची रुन थाल्छिन् । जब आमा शेर्लोटले डायपर खोलिन् तब उनी हैरान भइन् र तुरुन्तै डायपर खोलेर फ्ँयाकिदिइन् । 

 

वास्तवमा बच्चीको डायपरमा एक काँचको टुक्रा थियो । त्यसले बच्चीलाई काट्यो र रगत बग्न थाल्यो । 

शेर्लोटले आफूले सधैँ एउटै कम्पनीको डायपर किन्दै आएको बताइन् । यस पटक पनि उनले त्यसै कम्पनीको डायपर किनेकी थिइन् । यस घटनापछि शर्लोटले उनको यो उजुरी कम्पनीले गम्भीर रुपमा नलिए यो मुद्दा अदालतसम्म पुर्याउने चेतावनी दिएकी छिन् । 

अहिले भने बच्ची खतरामुक्त छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *