स्वास्थ्यको दृष्टिकोणले कति कप दैनिक कफि पिउँदा सही ?

 

माघ ८ ।  प्राय जसो धेरै मानिसले कफि पिउँनु एकदम रुचाउँछन् । अझ चिसो मौसममा त झन् मानिस धेरै कफि पिउँछन् । तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? स्वास्थ्यको हिसाबले हेर्ने हो भने धेरै कफी पिउँदा स्वास्थ्यलाई खराब असर गर्दछ । हामीले एक दिनमा चार कपभन्दा धेरै कफि पिउनु हुँदैन । 

बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । अझ रातको समयमा मानिसले निद्रा भगाउँनको लागि धेरैले कफि पिउँछन् यस्तो गर्दा स्वास्थ्यलाई नकरात्मक असर गरिरहेको हुन्छ । 

null

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ । 

अझ गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी पिउँनु उपयुक्त हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *