कैलालीमा सामुदायिक वन र कर्मचारीकै मिलेमतोमा काठ तस्करी

माघ १२, कैलाली । कैलालीमा पछिल्लो समय बिभिन्न वन तथा सामुदायिक वन बाट काठ तस्करी बढ्दै गइरहेको छ । वन संरक्षणको लागि सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व गरी रहेका समुहका पदाधिकारी र वन संरक्षणको अधिकार र जिम्मेवारी पाएका वन कर्मचारीका साथै तस्करहरुको मिलेमतोमा काठ तस्करी बढ्दै गएको छ ।  

वन संरक्षणमा जनप्रतिनिधिहरुको खासै चासो र चिन्ता नदेखिँदा खुलेआम काठ तस्करी बढ्दो छ । कतिपय ठाउँमा काठ तस्करीमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा मिलेमतो र दोषि लाई कारबाहिको साटो उन्मुक्ती दिन जनप्रतिनिधि नै बढी सक्रिय रहेका छन् । 

चुरे संरक्षणको अभावमा दिन प्रतिदिन वन बिनास हुँदा स्थानिय खोलानालाहरुको दोहन गर्ने कार्य समेत बढ्दो छ । गएराति (शुक्रबार) कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बाट अबैध सालको गोलिया सहित २ वटा ट्याक्टर स्थानियले नियन्त्रणमा लिई वन कार्यालय लाई बुझाए पछि अबैध रुपमा काठ तस्करी भइरहेको खुलेको हो ।  

null

 

सोही वडामा रहेको साइनिङ्ग स्टार युवा क्लब र स्थानीयको सक्रियतामा अबैध २ ट्राली सालको गोलिया सहित ट्याक्टर लाई नियन्त्रणमा लिइएको थियो । राती ८ बजे से २ त ११८५ र से १ त ७२८७ नम्बरको ट्याक्टरमा अबैध सालका काँचो गोलिया लुकाइछिपाई तस्करी हुदै गरेको स्थानियले थाहा पाए पछि नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय बौनिया र डिभिजन वन कार्यालय पहलमानपुर लाई खबर गरेका थिए । 

ट्याक्टर नियन्त्रणमा लिएपछि तस्करीमा संलग्न बर्दगोरिया ५ का राजेन्द्र बोहरा (गब्बर) सहित ट्याक्टर चालक भने ट्याक्टर छोडेर फरार छन् । त्यस लगतै सव डिभिजन वन कार्यालय रामपुर बौनिया, सव डिभिजन वन कार्यालय लम्की र डिभिजन वन कार्यालय पहलमानपुर बाट आएको टोलीले राती नै ट्याक्टर नियन्त्रणमा लिएको छ । सो काठ तस्करीमा वन कर्मचारीको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ । 

खुलम खुल्ला अबैध रुपमा काठ तस्करी भईरहँदा समेत सामुदायिक वन समितिका पदाधिकारी मुकदर्शक भएको स्थानियको गुनासो छ । काठ तस्करीमा संलग्नले काठ नियन्त्रणमा लिने स्थानीय युवा क्लब लाई ७० हजार रुपैंया दिने भन्दै छोडि दिन १ घन्टा सम्म बार्गेनिङ गरेका थिए । वन कार्यालय रामपुरबाट खटिएका २ जना कर्मचारीले नै ट्याक्टर लाई छोडि दिन पटक पटक आग्रह गरेको उनीहरुको आरोप छ ।  

वनका कर्मचारी नै अबैध काठ रहेको ट्याक्टरमा बसेर आएको सामुदायिक वनका हेरालुले बताए । तस्करीमा संलग्न र वनका कर्मचारीहरुले नै करीब आधा घन्टा क्लबका पदाधिकारी र स्थानीयसँग बिवाद समेत गरेको जानकारीमा आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *