अम्बा  खाँदा स्वास्थ्यलाई फाइदा

अम्बा एउटा सलिजै र सुलभ मुल्यमा पाईने फल हो । गाउँघरमा त झ्न घर–घरमा नै अम्बाको बोट देख्न सकिन्छ । यो फल निकै स्वादिष्ट हुनुको साथै स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदाही छ । अम्बाले धेरै रोग निको पार्न सहयोग गर्छ तर अम्बाले हाम्रो स्वास्थ्यलाई गर्ने फाईदाहरु के–के हुन सक्छ धेरैलाई थाहा नहुन सक्छ । आज हामी अम्बाले स्वास्थ्यलाई गर्ने फाईदाबारे बताउँने छौँ । 

– अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ । 

– अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । 

null

– यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । 

– दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ । 

– फोलिक एसिड, विटामिन बी ९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ । यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ । 

– चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ । 

– गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *