सञ्चारकर्मी ढकालको हत्याप्रति भत्र्सना
२०७५ माघ ६ गते

माघ ६, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, “महासङ्घ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्दछ ।
साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।” सञ्चारकर्मी ढकाललाई हेटाैँडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो ।
null
२०७५ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








