आज शेयरको मूल्य ८.६० बिन्दुले घट्यो

माघ ६ काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ विन्दुले घटेर २४९ दशमलव ३८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । व्यापार दुई दशमलव ८७, होटल पाँच दशमलव ५४ र वित्त एक दशमलव ६१ विन्दुले बढेको छ । 

null

यस्तै बैंकिङ पाँच दशमलव शून्य छ, विकास बैंक ११ दशमलव १७, जलविद्युत् ३६ दशमलव ५९, निर्जीवन बीमा ३७ दशमलव ६७, उत्पादन पाँच दशमलव शून्य आठ, अन्य आठ दशमलव ३६, लघुवित्त १० दशमलव ५९ र जीवन बीमा ३७ दशमलव ३४ विन्दुले घटेका छन् । 

स्टकका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, श्रीराम सुगर मिल, छ्याङ्दी हाइड्रो पावर, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै नागरिक लगानी कोष, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, गरिमा विकास लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र साङ्ग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =