वीपी प्रतिष्ठान अस्तब्यस्त भएको भन्दै कर्मचारीको चिन्ता

माघ ३, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्यवस्थापन कमजोर अस्तब्यस्त भएको भन्दै प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले चिन्ता ब्यक्त गरेका छन् । प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको साझा संगठन कर्मचारी कलयाण मञ्चले आज विज्ञप्ति प्रकाशित गर्दै प्रतिष्ठानका पदाधिकारीहरु विचको अन्तर्द्वन्द्वले प्रतिष्ठान ध्वस्त हुँदै गएकोले चाँडो निकास दिन आग्रह गरेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङ र कार्यवाहक महासचिब जमुनादेवी भुुर्तेलले विज्ञप्ति जारी गर्दै पदाधिकारी एवम् कार्यकारीणी समितिका सदस्यहरु वीच नै प्रतिष्ठान सञ्चालनका सन्दर्भमा आपसी सहकार्य र मेलमिलाप नहुंदा प्रतिष्ठानबाट पाउने सेवाको गुणस्तर समेत घटेको बताइएको छ ।
null
समाजले पदाधिकारीको वेमेलले प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका कार्यहरु पनि ठप्प भएको, प्रतिष्ठानका पूर्व पदाधिकारी देखि वर्तमान पदाधिकारीसम्म मुछिएका विभिन्न काण्ड र घोटालाहरुको छानवीन मात्रै भईरहने प्रवृत्तिवाट जनतामा तिव्र असन्तुष्टि बढेकोले गर्दा आम कर्मचारीहरुको मनोवल र सिंगो प्रतिष्ठानको साख उठ्नै नसक्ने गरी गिर्दै गएको जिकिर गरिएको छ ।
प्रतिष्ठानको संचालक परिषद, कार्यकारीणी समिति, छनौट समिति, प्राज्ञिक समिति जस्ता महत्वपूर्ण निकायहरुको बैठक समेत बस्न नसक्ने तथा प्रतिष्ठानको विभिन्न गतिविधिहरु माथि पटक पटक छानवीन मात्र भईरहने तर ठोस निकास भने नपाउने परम्पराले निरन्तरता पाईरहंदा प्रतिष्ठान व्यवस्थापन झन कमजोर र अस्थिर भएको समाजको ठहर छ ।
समाजले एक वर्ष अघि प्रतिष्ठान र समाजविच भएको सम्झौता अझैसम्म पुरा नभएको स्मरण गराउँदै कर्मचारी समाजका १६ बुँदै माग पुरा गर्न भनेको छ ।
समाजले तलब, आकर्षण भत्ता, निर्वाह भत्ता, पोशाक भत्ता, Night Allowance, जोखिम भत्ता लगायतका भत्ताहरुका सम्बन्धमा पुनरावलोकन समितिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने बताएको छ । २ वर्ष सेवा अवधि पूरा गरेका ज्यालादारीहरुलाई करार गर्नुपर्ने, १ वर्ष करार सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई परफरमेन्स करार र करार र परपरमेन्स करारमा ४ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, नर्सिङ प्राविधिक, पारामेडिक्स प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको सबै तहको आन्तरिक बढुवाको विज्ञापन गर्नुपर्ने माग गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०७२/०७३ को भुक्तानी हुन छुट भएको महंगी भत्ता उपलब्ध गराउनुपर्ने, इमरजेन्सी ५० वेड, आई.सि.यु. ५० वेड, डाइलासिस २५ वेड र रेडियोलोजी सेवा विस्तार गर्नुका साथै ल्याव सुधार समितिको सुझाव कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
निर्माण अवरुद्ध ४०० वेडको मातृशिशु उपचार केन्द्र, २०० वेडको मुट तथा २०० वेडको क्यान्सर उपचार केन्द्रको निर्माण अझै शुरु हुन नसकेको तथा आवश्यक आधुनिक एवम् उच्च प्रविधिका MRI लगायतका उपकरणहरु हालसम्म खरिद नगरिएको हुंदा यसउपर अविलम्व प्रकृया अगाडि बढाउनुपर्ने समाजको माग छ ।
समाजले आफ्ना मागहरु अविलम्ब पुरा गरेर आन्दोलन गर्ने वातावरण सृजना नगर्न आग्रह गरेको छ ।
कर्मचारी नियुक्ति तथा आन्तरिक बढुवा सम्बन्धि मस्यौदा समितिलाई बुझाइएको सुझावहरु कार्यान्वयन गर्नुपर्ने ।CN, BN B.Sc.MLT, B.Sc.OT, BN(Midwifery), B.Pharmacy जस्ता शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ।G1, न्दG2 लगायतका आवास भवनहरुमा पर्याप्त खानेपानीको व्यवस्था, मर्मत र रंगरोगन गर्नुपर्ने ।विभिन्न प्रयोजनका लागि दिइएको घरभाडाको म्याद गुज्रिसकेकाहरुको करारमा उल्लेख भएको अवस्थामा वाहेक पुनः टेण्डर गर्नुपर्ने ।हेल्थ इन्सुरेन्स, डबल ड्युटी, नाइट ड्युटी, सिफ्ट ड्युटी, युटिलिटि सुविधा आदिलाई समयानुकुल र वैज्ञानिक एवम् व्यवस्थित गर्नुपर्ने ।शिक्षक तथा कर्मचारीहरुको स्वेच्छिक सावाधिक जीवन वीमा गराइनुपर्ने ।नर्सिङ, प्रशासनिक, पारामेडिक्स तर्फ रहेको विभिन्न अनुचित पदनामहरुलाई संशोधन गर्नुपर्ने ।फोहोरमैला व्यवस्थापन तथा सरसफाई र सुरक्षाको उचित प्रबन्ध मिलाउनुपर्ने ।








