बाघ बछ्ला बहुउद्देश्यीय सहकारीको बाहौँ वार्षिक साधारण सभा

 

माघ ६, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुउद्देश्यीय सहकारी संस्थाको बार्हौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधारण सभामा प्रदेश नं. ३ को पर्यटन,उद्योग ,वन तथा वातावरण सभापति सांसद रमाआले मगरले प्रमुख अतिथिका रुपमा बोल्दै सहकारीको एकीकृत पुँजी लाई कृषि ,उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धी हासिल गर्न सकिने वताएकि छिन् । 

null

साथै उनले प्रदेशको बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको वताएकी छिन् । 

‘सिद्धांत र व्यवहार दुबै रुपले सहकारी’ भन्ने नाराका साथ सम्पन्न साधारण सभामा वोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै बित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे । उनले सहकारी मार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई पनि मालिक बनाउने बताए । 

 

सभामा संस्थाका अध्यक्ष तेज बहादुर भूर्तेलले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको स–सानो पूँजीलाई दैनिक रुपमा बचत गराउँने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए । सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिइ अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा अघि सारेकाले सहकारीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष भूर्तेलले प्रष्टाए । 

संस्थाका सचिव अधिवक्ता उद्धव पोखरेलले संस्थाको बार्षिक सभाको लागि बिभिन्न प्रस्तावहरु छलफल तथा पेश गर्दै सो प्रस्तावहरु सर्व सहमतिले अनुमोदन तथा पारित भएको थियो । गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती रसिद, व्यवसायिक र छोटो अवधीका लागि कर्जा लगानी गर्दै आएको छ । सभामा सदस्यलाई सम्मानपत्र, आवधीक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट व्यवसायीलाई सम्मान समेत गरेको थियो । 

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २ जना छात्रछात्रालाई दिदँै आएको शैक्षिक वृत्तिलाई निरन्तरता दिदैँ यो बर्ष चण्डीका माध्यमिकका २ जना विद्यार्थीाई प्रदान गरेको छ भने आगामी वर्ष ४ जनालाई छात्रावृत्ति पुर्याउने लक्ष लिएको संस्थाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *