सफाईको प्रतिबद्धता पूरा गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

 

माघ ७, विराटनगर । सामाजिक विकास मन्त्रालय प्रदेश १ ले सार्वजनिक निकायमा सरसफाई सुदृढीकरण गर्न १६ बुँदे प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । 

प्रदेश १ लाई आगामी १ बर्षभित्र पूर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तर्गत आफू काम गर्ने कार्यालय र परिसर पूर्ण सरसफाई गरी स्वच्छ वातावरण कायम गर्न १६ बुँदे प्रतिबद्धता पत्र निर्देशनका लागि आव्हान गरेको हो । 

null

जसअन्तर्गत कार्यालय परिसरमा सफा एवम् सुरक्षित खानेपानीको उपलब्धता गराउने, कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी कुहिने र नकुहिने फोहोरको समुचित व्यवस्थापन गर्ने लगायतका रहेका छन् । 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय प्रदेश १ का मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई पूर्ण सरसफाई बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । 

यस्तै कार्यक्रममा प्रदेश नम्बर १ योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले घरको भान्सा र शौचालय मात्र सफा राख्न सकियो भने पनि ५० प्रतिशत भन्दा माथि रोग नियन्त्रण गर्न सकिने बताए । 

डा. शंकर अधिकारी लगायतले सचेतनाको आवश्यकता रहेको बताउँदै फोहर व्यवस्थापनका लागि उचित पहल गर्न स्थानीय र प्रदेश सरकार लाग्न आग्रह गरेका थिए भने सहभागीले जथाभावी फोहर गर्नेलाई दण्डको व्यवस्था गर्न पनि आग्रह गरेका थिए । 

कार्यक्रममा विभिन्न सरकारी तथा नीजि क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =