जुम्लामा हिमपातका कारण कठ्याङग्रिएर एकको मृत्यु

 

माघ १०, जुम्ला । सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ । 

डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो । मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो । 

null

स्थानीयवासी नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए । 

घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङग्रिएर अचेत अवस्थामा पुगेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *