भ्रष्टाचारीको अनुहार पनि हेरिँदैनः प्रधानमन्त्री ओली

माघ १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेरै छोड्ने दाबी गरेका छन् ।
सशस्त्र प्रहरीको १८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।
null
भ्रष्टाचार गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने बताउँदै प्रधानमन्त्रीले भने, ‘म आफू पनि भ्रष्टाचार गर्दिन, कसैलाई गर्न पनि दिन्न। भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ।’
गणतन्त्र प्राप्तिको कठिन र उपलब्धिपूर्ण, उदाहरणीय यात्रा पार गरेको भन्दै उनले चर्चामा आउनका लागि देखावटी रुपमा काम नगरेको बताए ।
उनले मिलेर राष्ट्रको विकास गर्न सबैलाई आह्वान गरे ।
प्रम ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए ।
‘हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हिजोका क्षति सम्झाएर थप क्षती गर्नेतिर लाग्नु हुँदैन । द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुँदैन’, प्रधानमन्त्रीले भने, ‘सबै नेपालीको साझा आकांक्षा शान्ति हो, यस्ता तत्वहरुको निस्तेज पानुपर्छ ।’
उनले विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकार रहेको समेत जनाए ।








