मलेसियामा नेपालीको हत्या, अर्का एकजना घाइते

मलेसिया। मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । 

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो । 

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते भएका छन्। उनलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमारका नागरिक भने फरार छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *