ग्लोबल बैंक नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आधिकारिक (Official) बैंक

 

माघ १, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को हिजो भएको १३ औँ बार्षिक साधारण सभामा आधिकारिक बैंक छनोट गर्ने सम्झौतामा हस्ताक्षार गरेको छ । उक्त संघले आफ्नो १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंकलाई आधिकारिक बैंक छनोट गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका थिए । नेपाल शैक्षिक परामर्श संघ (ECAN) नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । 

null

यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंक ले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सलटेन्सीहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *