नेविसंघको म्याद थप गरेपछि देउवा निवासमा नेता–कार्यकर्ताको धर्ना

 

माघ ३, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थप गरिएपछि नेविसंघका नेता–कार्यकर्ताहरुले यसको विरोध गरेका छन् । 

नेपाली कांग्रेसले बुधबारदेखि पदावधि समाप्त भएको नेविसंघको माघ १० सम्म म्याद थप गर्दै केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको थियो । 

null

म्याद थप गरेपछि यसको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर धर्ना दिँदै विरोध गरेका हुन् । 

नेता–कार्यकर्ताहरु मोटरसाइकल र्यालीसहित देउवा निवास पुगेका थिए । नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । 

दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीनाको पदावधि आज माघ २ गतेसम्म कायम थियो । काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि आजसम्म मात्र भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ । 

यस अघि नेविसङ्घको केन्द्रीय नेतृत्वले महाधिवेशनको मिति पटकपटक घोषणा गर्ने तर समयमा गर्न नसक्ने देखिएपछि पदाधिकारी र सदस्यले शृङ्खलाबद्ध रुपमा पदबाट राजिनामा गरेका थिए । 

काङ्ग्रेस सभापति शेरबहादुर देउवा समक्ष सङ्घका सात पदाधिकारीले गत पुस २७ गते पदबाट राजीनामा गरेको दुई दिनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष ४५ केन्द्रीय पदाधिकारी तथा सदस्यले पनि पदबाट सामुहिक राजीनामा बुझाएका थिए । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमिति १६६ सदस्यीय छ । 

वर्तमान नेृतत्वले क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेको, कुनै पनि आन्दोलन गर्न नसकेको, महङ्गी, भ्रष्टाचार र जघन्य अपराधका मुद्दामा मौन रहेको, जति पटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने भन्दै उहाँहरुले नैतिकताका आधारमा सामुहिक राजीनामा बुझाएका थिए । 

वर्तमान कार्यसमितिको विसं २०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचन भएको थियो । गत भदौ २ गते कार्यकाल समाप्त भएपछि विधान तह तीन महीना र पछि पार्टीको पहलमा दुई महीना समयावधि थप भएको थियो । 

वर्तमान कार्यसमितिले गत पुस २८, २९ र ३० गते महाधिवेशन गर्न मिति तय गरे पनि एकातिर उक्त समयमा महाधिवेशन हुन सकेन भने अर्कातिर वर्तमान कार्यसमितिको समयावधि नै माघ २ गते समाप्त भएकाले पार्टीले तत्काल दैनिक काम गर्न निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ । 

राजिनामा गर्ने पदाधिकारी तथा सदस्यले वर्तमान कार्यसमिति विघटन गरी छ महीनाभित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाउन पार्टीसमक्ष माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =