आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

पुस २५, गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

साहको आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलागी भई जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । प्रहरीले निज महिलाको मृत्यु आफैँले आगो लगाएर वा अरु कसैले घरमा आगजनी गरिदिएर भएकोबारे सत्यतथ्य नखुलेको जनाएको छ । 

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनाबारे आवश्यक अनुसन्धानसमेत शुरु गरिसकिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । मृतक महिलाको पति वैदेशिक रोजगारमा खाडीमुलुकमा रहेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =