हत्या पछि बिग्रिएकाे माहाेल सामान्य बन्दै

माघ ६, धनगढी । युवकको हत्यारालाई पक्राउको माग गर्दै मृतकका आफन्त र स्थानियवासीले दिनभर अत्तरियमा यातायात र बजार बन्द गरेका छन् । 

सडक अबरुद्ध भएपछि जनजिवन प्रभावित भएको थियो । आज बिहान देखी बन्द रहेका सवारी साधन साँझ साढे ५ बजेपछि सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । हिजो साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समुह बिच विवाद हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षिय अरुण भट्टको हत्या भएको थियो । घटनामा सविन कट्टेल, हरी राई र राजेश नेपाली घाइते भएका थिए । 

कट्टेलको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचार पछि घर फर्केका छन् । पीडित परिवारहरुले आक्रमणमा संलग्न रहेकाहरुको बिषयमा प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

null

प्रहरीकै लापरवाहीका कारण घटनामा संलग्न व्यक्तिहरुले उन्मिुक्ति पाउँन सक्ने भन्दै उनिहरु आक्रोशित बनेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =