हुन्डाई मोटरको हुन्डाई कोना इलेक्ट्रीक कार बजारमा

 

माघ १७, काठमाडौं । हुन्डाई मोटरको हुन्डाई कोना इलेक्ट्रीक कार बजारमा ल्याएको छ । उक्त सार्वजनिक इलेक्ट्रीक कारको मूल्य नेपाली बजारमा ५१ लाख ९६ हजारमा तोकिएको छ । 

हुन्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रा.लि. नयाँ इलेक्ट्रीक कार कोनाको मूल्य सार्वजनिक गरेको हो । 

null

३९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध भएको कोना इभीले एक पटकको फूल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने दावी रहेको छ । नेपाली बजारमा चार कलर उपलब्ध भेरियन्टमा कोना ईभी पल्स रेड, चक ह्वाईट, सेरामिक व्ल्यू र डार्क नाइट ग्रे कलरमा रहेको छ । 

यसमा लगाइएको मोटरले १३५ पीएस पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसले ९.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको स्पीड लिन सक्छ । यसको टप स्पिड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

यसमा प्रयोग भएको लिथीयम–आएन ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरि ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ । साथै स्ट्यान्डर्ड एसी चार्जरबाट ६ घन्टा १० मिनेटमा फूल चार्ज गर्न सकिन्छ । 

क्याबीनमा डिजिटल ड्याशबोर्ड राखिएको छ । कम्पनीका अनुसार व्याट्री प्याक एसयूभी प्लटफर्ममा आधारित छ जसले इन्टेरियरको स्पेशमा कुनै कम्प्रमाईज गरिएको छैन । 

कोना इभीमा हेड–अप डिस्प्ले, ७.० इन्च इन्फोटेनमेन्ट टचस्क्रिन तथा हिटेड फ्रन्ट सिट जसमा भेन्टिलेट र एटवे इलेक्ट्रीकल एड्जस्टेव सुविधा रहेको छ । 

यो मोडलमा सुरक्षाका लागि एडेप्टीप क्रुइज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि राखिएको छ । 

इलेक्ट्रीक गाडी प्रति सरकारले चासो दिईरहेको बेला सार्वजिनक  हुन्डाई कोना इलेक्ट्रीक कारले निकै लोकप्रिय कमाउने अनुमान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =