पृथ्वी राजमार्गमा दुर्घटना हुँदा २ को मृत्यु

 

पुस ३०, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिङ्गबाट काठमाडौंंतर्फ जाँदै गरेको ना. ६. च. ३११० नम्बरको डिआई गाडी र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश ०३ र ०२००३ प. ५२१० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए । 

null

दुर्घटनामा सिन्धुपाल्चोक, पाँचपोखरी थाम्पालकोट १ बस्ने बर्ष २३ का बिवेक खनाल र सोही मोटरसाइकलको पछाडी सवार सोही स्थान वडा नं. ४ बस्ने बर्ष २१ को उदित बस्नेतको मृत्यु भएको छ । 

दुवैको मृत्यु भरतपुर अस्पतालमा उपचारका क्रममा भएको प्रहरीले जनाएको छ । घट्ना लगत्तै दुबै सवारी र डिआइ गाडीका चालक लाई ईलाका प्रहरी कार्यालय मुग्लिङ्गले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =