धुपको बट्टाभित्र चरेस राखेर सिङ्गापुर पठाउने डान्सर पक्राउ

 

माघ २, काठमाडौँ । काठमाडौँको डान्सबारमा नाच्ने नुवाकोटकी २९ वर्षीया कान्छीमाया घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले डान्सर घलेलार्ई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनलाई हुलाक कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो । 

null

घलेले हुलाकमार्फत् हङकङ, सिङ्गापुर तथा थाइल्यान्डमा चरेस तस्करी गर्दै आएको प्रहरीले जानकारी दियो । 

डान्सर कान्छीमायाले लामो समयदेखि हुलाकमार्फत् कार्गो गरेर विभिन्न देशमा चरेस पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

सधैं झैं कान्छीमाया धूप पठाउन सुन्धारा हुलाक कार्यालय पुगेकी थिइन्। अनुसन्धान अधिकारीका अनुसार कान्छीमायाले धूपबत्ती हङकङ पठाउने तयारी गर्दै फारम भरेर ठिक्क पारेकी थिइन्। 

कान्छीमायाले धूपबत्ती भन्दै १४८ ओटा धूपका बट्टामा १४ किलो चरेस पठाउन लागेका बेला पक्राउ गरिएको ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =