दुहवीमा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम

 

माघ ४, दुहवी । दुहवी नगरपालिकामा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम शुक्रवार देखी सुरु भएको छ । दुहवी नगरपालिका वार्ड नं ५ स्थित श्री सरस्वती मा.वि.मा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम सुरु भएको हो । 

 

null

कार्यक्रमका प्रमुख अतिथी रहेका दुहवी नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले दुहवी नगरपालिकामा युवा–युवतीहरुहरुलाई लक्षित गरी दिएको पत्रकारिता तालिमले यहा भएको विकासको कार्यहरु बाहिर ल्याउन सक्ने बताएका थिए, उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले कुनै विषयको समचार लेख्दा कोही व्यक्तिलाई नहेरी निष्पक्ष रुपमा लेखिनु पर्ने समेत बताएका थिए । 

कार्यक्रममा बिशिष्ट अतिथी इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझी, अतिथीहरु प्रेस मञ्च नेपाल १ नम्वर प्रदेशका संयोजक चन्दन रौनियार, सशस्त्र प्रहरी बल दुहवीका ईन्चार्ज लोक बहादुर बस्नेत, श्री सरस्वती मा.वि. दुहवीका प्रधान अध्यापक नगेन्द्रलाल देव, सुनसरी सामुदायिक अस्पताल प्रा.लिका संचालक सन्तोष कुमार सिंह, कोचिला एफ एमका स्टेशन मेनेजर संजय चौधरीले शुभकामना मन्तव्य दिएका थिए । 

उक्त दुई दिने पत्रकारिता तालिमका प्रमुख प्रशिक्षक सञ्चारकर्मी जयकृष्ण यादवले पत्रकारीता र उदघोषण सम्बन्धी बिभिन्न विषयमा जानकारी गराउदै समाचार कसरी लेख्ने, समचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु साथै समाचारमा प्रयोग गर्न सक्ने भाषाहरुको बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । 

दुई दिने पत्रकारिता तालिममा नगरपालिकाका बिभिन्न वार्डका ३५ जना युवा, यूवतीहरुको सहभागिता रहेको थियो । सञ्चारकर्मी प्रेम गिरीको सभापतित्वमा भएको कार्यक्रमलाइ सञ्चारकर्मी अकवर अलीले उदघोषण गरेका थिए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =