कामना सेवाको को ६४ औं शाखा मोेरङको उर्लाबारीमा

 

माघ १०, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नं १ को मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ । बैंकले आज उर्लाबारी ७ मा ६४ औं शाखा शुभारम्भ गरेको हो । 

उक्त शाखाको बैंकका सञ्चालक बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका थिए । कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण कार्य भईरहेको जानकारी दिए । उनले अन्य क्षेत्रमा पनि शाखा विस्तारका कार्यहरु अघि बढिरहेको बताए । 

null

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकलेABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *