प्राइम कमर्सियल बैंक भक्तपुरको सूर्यबिनायकमा

 

माघ ३, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सूर्यबिनायक नगरपालिकामा शाखा विस्तार गरेको छ । बैंकको शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उद्घाटन गरेका छन् । 

भक्तपुर शाखासँगै बैंकको शाखा कार्यालयको संख्या ६७ पुगेको छ । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो ।  

null

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।  

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त,आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *