इमानमा प्रदिप सुवेदी निर्वाचित
२०७५ माघ ७ गते

माघ ७, विराटनगर । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान) को प्रदेश नं.१ को अध्यक्षमा सुनसरीका प्रदिप सुवेदी निर्वाचित भएका छन् ।
बिर्तामोडमा भएको प्रदेश अधिबेशनले सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
null
उपाध्यक्षमा झापाका हेडम्व निरौला, सचिवमा मोरङ्गका बसन्त नेपाल, कोषाध्यक्षमा झापाका डिल्लीराम बास्कोटा र सदस्य हरुमा क्रमशः सुमन खनाल, जिवनाथ अधिकारी, प्रेम खनाल र शंकर थापा निर्विरोध निर्वाचित भएका थिए ।
कार्यक्रम इमानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष माधबप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
२०७५ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








