सिन्धुलीको फिक्कल गाँउपालिकामा प्राइम बैंकको शाखा संचालन

 

पुस २७, काठमाडौँ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ । 

स्थानिय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखा कार्यालय फिक्कलको समुदघाटन गरे । 

null

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरे । 

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मिय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *