सूचना तथा सञ्चार प्रविधिको महामेला ‘सुविसु क्यान इन्फोटेक–२०१९’ सुरु

 

माघ १५, काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा ‘सुविसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भएको छ । 

माघ २० गतेसम्म चल्ने क्यान इन्फोटेक मेलामा नयाँ नयाँ सफ्टवेयर र सुरक्षा उपकरण लगायतका प्रविधिहरु प्रदर्शनीमा राखिएको छ । 

null

इन्फोटेक मेलामा रोबोटिक्स जोनमा रोबोट ब्याटल प्रतिस्पर्धा गराइनेछ भने प्रतिस्पर्धामा प्रथम र द्धितीय हुने टिमलाई नगद पुरस्कार दिइने बताइएको छ । 

 

मेलामा व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्न र ग्राहकलाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिद गर्ने मौका मिल्नेछ । 

यस्तै सुविसुका प्रबन्ध निर्देशक सुधिर पराजुलीले क्‍यान इन्फोटेको टाइटल स्पोन्सर रहेको सुबिसु केवल नेटले इन्टरनेको प्‍याकेजमा नयाँ स्किम ल्याएको बताए । 

 

ईसेवाबाट टिकट काटेबापत मेला अवलोकनकर्ताले स्वदेश तथा विदेश भ्रमणको अवसर प्राप्त गर्ने उनले जानकारी गराए । 

सो बाहेक मेलामा हरेक दिन पाँच जनालाई दुई हजार बराबरको सपिङ भौचर प्रदान गरिनेछ। त्यस्तै ६० जनालाई दुई सय बराबरको फुड भौचर र मेलाका सहभागिमध्ये ६ जनाले प्रत्येक दिन फिल्म टिकट पाउनेछन् 

यो सेवाका लागि अवलोकनकर्ताले सीएएन टाएप गरी ३२१२१ मा पठाउनुपर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *