कैलालीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, तीन घाइते

माघ ५, कैलाली । कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहविच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हो । 

कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको मृत्यु भएको बताए । उनका अनुसार मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट छ । 

घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो । त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । घटना अत्तरियामा रहेको सशस्त्र प्रहरीको वाहिनी नजिकै भएको बताइएको छ । 

null

मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर, उनीहरुको नाम भने गोप्य राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *