बैंकहरुले मनपरी ब्याजदर बढाएको भन्दै मोरङ–सुनसरी क्षेत्रका उद्योगीहरु आन्दोलित

विराटनगर, माघ १३ । बैंकहरुले मनपरी ढंगले आफूखुसी ब्याजदर बढाएको भन्दै आन्दोलित बनेका मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरुले आइतबार पहिलो चरण अन्तर्गत सिडियो कार्यालय मोरङ र राष्ट्र बैक विराटनगर शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।  

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनको पहिलो चरण अन्तर्गत प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक विराटनगरका प्रमुखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको सुरुवात गरेका हुन् ।  

बैंकले १२ देखि १८ प्रतिशतसम्म ब्याजदर पुर्याएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । प्रथम चरणका कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगरस्थित नेपाल राष्ट्रबैंक लगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।  

null

यस्तै उनीहरुले माघ २० देखि २३ गतेसम्म हरेक दिन धर्ना दिने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । माग सम्बोधन नभए दोस्रो चरणमा माघ २४ गते सम्पूर्ण उद्योग व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेर निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । 

प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएको भन्दै संगठन र संघ आन्दोलित भएका हुन् । मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष सुनिल टिब्रेवालले केही महिनाअघि दुवै संस्थाले प्रधानमन्त्रीसहितका सरोकारवाला मन्त्रीहरुलाई भेटेर लगानीमैत्री वातावरण बनाउन सुझाव दिएको बताए ।  

तर, सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए । उनीहरुले नेपाल राष्ट्र बैंक मार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न माग समेत गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *