भन्सार छल्ने चार पक्राउ

 

माघ ६, टीकापुर । कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक कुलबहादुर साउदका अनुसार करीब साढे चार लाखका कपडा र हार्डवेयरका सामान डनलपमा ल्याउँदै गरेका बेला पक्राउ गरिएको हो । 

null

सामानसँगै पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का चक्र ठकुल्ला, २६ वर्षका दीपेन्द्र साउद, ३९ वर्षका राजकुमार चौधरी र ४० वर्षका राजकुमार चौधरी रहेका छन् । खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले सामान लिलाम गरिने र पक्राउ परेका व्यक्तिको बयान लिई कारवाही अगाडि बढाइने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =