घोडाघोडीको बजेटमा १३ करोड जनप्रतिनिधिकै सेवासुविधामा स्वाहा

माघ १२, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले चालू आर्थिक वर्षको ६ महिनामा १३ करोड रकम आफ्नो सेवा सुविधामा खर्च गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा चालु तर्फ खर्च गरेको १६ करोड ७१ लाखमा मध्ये झण्डै १३ करोड जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाकै लागि स्वाहा भएको हो । ४८ करोड चालु तर्फको बजेट रहेको नगरपालिकासँग विकास बजेट भने त्यस्को आधा पनि छैन ।
नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत वसन्तबहादुर बोहराले नगरपालिकाको ९० प्रतिशत योजनाहरुको सम्झौता भएको बताए । ‘९० प्रतिशत योजनाहरुको सम्झौता भएको छ, ८० प्रतिशतको हाराहारीमा उपभोक्ताबाट निर्माण भइरहेका योजनाहरुको पेश्की रकम पनि गएको छ ।’ बोहराले कुन योजनाको कति रकम पेश्की गयो रेकर्ड राख्न बाँकी रहेको जिकिर गरे ।
null
चालु आर्थिक वर्षको ६ महिनामा चालु तर्फ खर्च गरेको १६ करोड ७१ लाखमा मध्ये झण्डै १३ करोड जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाकै लागि स्वाहा भएको हो
नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा लागि झण्डै १३ करोड खर्च भएको जनाएको छ भने, सामाजिक सुरक्षा भक्तामा साढे ३ करोड खर्च भएको छ । जन प्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधाका विभिन्न शिर्षकहरुमा विनियोजन गरिएको रकमबाट करौडौ रकम स्वाहा पारेका छन् । नगरपालिकाको विकास गर्न भनेर आएकाले नगरको बजेट मनपरी खर्च गर्दा नगरको विकासमा बजेट अभाब भएको छ ।
घोडाघोडी नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरुको पारिश्रमीकमा मात्रै ४ करोड खर्च गरेको छ भने २० लाख भन्दा बढि रकम भक्तामा खर्च गरेको छ । जनप्रतिनिधिहरुले ६ महिनामा १० लाख बजेट भक्तामा सकेका छन् । पदाधिकारीहरुले ईन्धनमा ५ लाख सकेका छन् भने अन्य सेवा सुविधा शिर्षकमा पनि लाखौँ रकम सकाएका छन् ।
संचार महसुलमा नगरपालिकाले ६ महिनामा ३ लाख बढि बजेट सकेको छ । तर, नगरपालिकासँग विकास बजेट खर्चको अवस्थाका विषयमा भने कुनै जानकारी छैन । संघिय सरकारबाट आउने बजेटका बिषयमा पनि नगरपालिका अनभिज्ञ रहेको देखीएको छ ।
नगरपालिकाले विकास निर्माणमा भएको खर्चको विवरण तयार नभएकाले बताउँदै अधिकांश विकासे योजनाको सम्झौता भएर निर्माणको काम सुरु भईरहेको दावी गरेको छ । विकासका योजनाहरुको ९० प्रतिशत सम्झौता भएका र ८० प्रतिशत योजनाहरुलाई पहिलो पेश्की वापतको रकम दिएको नगरपालिकाले दावी गरेको छ । तर कुन योजनालाई कति रकम पेस्की दिइएको हो ? विकास बजेटको कति प्रतिशत खर्च भएको छ भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारीलाई थाहै छैन ।
नगरपालिकाको आर्थिक प्रशासन शाखामा कर्मचारी फेरीरहने भएकाले समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताइन् । ‘लेखा शाखाका कर्मचारीहरु फेरबदल भइरहेका हुन्छन्, नयाँ कर्मचारीलाई काम गर्न अन्यौल छ । अब केही दिनमा सबै खर्चको विवरण आउँछ ।’








