बिराटनगरको निर्माणाधीन ६ लेन सडकमा दुर्घटना बढ्दो : मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु

पुस १७, बिराटनगर । व्यापारिक मार्ग विस्तार परियोजनाको रानी–बिराटनगर–इटहरी–धरान सडक खण्ड अन्तर्गत बिराटनगरमा निमार्णधीन बनेको ६ लेनको सडकमा पछिल्लो समय दुर्घटना बढ्दै गएको छ । 

निर्माण सम्पन्न भएको ६ लेनको सडकमा राखिएको डिभाईडरका कारण पछिल्लो समय दुर्घटना बढेको हो । बरगाछीदेखि ढाटसम्म निर्माण भई सञ्चालन भईरहेको सो सडकमा दुर्घटनाको जोखिमलाई ख्याल नगरी बरगाछी देखि राजवंशी चौकसम्म सडकमा डिभाईडर राखिएको छ । सडकको बीचमा राखिएका डिभाईडरहरु ठुला आकारका छन् भने सडकमा चालकका लागि कुनै पनि ट्राफिक चिन्ह राखिएको पाइएको छैन । 

 

null

भर्खरै निर्माण भएको सो क्षेत्रमा पर्याप्त सडक बत्ती पनि जडान गरिएको छैन जसका कारण रातीको समयमा सवारी साधनहरु डिभाईडरमा ठोक्किएर दुर्घटना हुने गरेका छन् । मोरङमा चालु आर्थिक वर्षको साउन यता मंसिरसम्म जम्मा २१६ सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तथ्यांक छ । दुर्घटनाबाट मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु भईसकेको छ । 

 

सवारी दुर्घटना बढीजसो राजमार्ग क्षेत्रमा हुनेगरेका छन् । डिभाईडर राखेको ठाउँमा पनि कम समयमा थुप्रै दुर्घटना भईसकेका छन् ।चालकहरुलाई सवारी साधन चलाउँदा सुरक्षित र सजिलो होस् भनेर सडकमा राखिएका डिभाईडर नै दुर्घटनाको मुख्य कारण बनेका छन । 

डिभाईडरमा रिफ्लेक्टर नहुँदा र रातीको समयमा डिभाईडर देखिनेगरी बत्ती नराखिँदा दुर्घटना बढेको चालक तथा स्थानिय बताउँछन् । बिराटनगरमा सिटी रिक्सा चलाउँदै आएका योगेन्द्र मण्डलले भने ‘ डिभाईडर एकदमै ठुलो छ त्यसैले दुर्घटना बढि रहेको छ । रातिको समयमा डिभाईडर देखिने वत्ति समेत छ्रैन जसले गर्दा डिभाईडरमा सवारी साधन ठोकिएर दुर्घटना हुन्छ । 

बरगाछी देखि ढाट सम्म ट्राफिक संकेत समेत राखिएको छैन । सडक वत्ति समेत छैन । दिनहुँ यस क्षेत्रमा कुनै न कुनै दुर्घटना भईरहेको हुन्छ । कति जनाको त घटना स्थलमै मृत्यु भईसकेको छ ।’ फाट्ट फुट्ट दुर्घटना भईराखेपनि घटनास्थलमा नै मृत्यु हुने गरी दुर्घटनाहरु बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आफ्नै सक्रियतामा दुर्घटनाको जोखिम भएको ठाउँमा रिफ्लेक्टर राखेको छ । 

 

सडकमा रिफ्लेक्टर लगायतका ट्राफिक चिन्हहरु सडक निर्माण कम्पनीले नै लगाउनुपर्ने भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा शुक्रबार राती रिफ्लेक्टर राखिएको हो । यसअघि पनि ट्राफिक प्रहरीले सो क्षेत्रमा दुर्घटना कम गर्न चिन्ह राख्ने काम गरेको थियो । ती चिन्हहरु अहिले मेटिईसकेका छन् र भर्खरै लगाईएका रिफ्लेक्टर पनि दीर्घकालिन रुपमा काम दिने किसिमका छैनन् । 

सडक डिभिजन कार्यालय तथा महानगरलाई रोड साईनिङको बारेमा पटक पटक जानकारी गराएपनि वास्ता नगरेपछि जिल्ला प्रहरी कार्यलयले ३५ सय रुपैयाँको बजेटमा रानीदेखि बिराटनगर गेटसम्म डिभाईडरमा रिफ्लेक्टर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । तीव्र गति र रोड मार्किङ नहुँदा पनि दुर्घटना बढेको उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =