अरुण कावेली बि–१ अन्तिम चरणमा, आउँदो माघबाट चालू हुने अनुमान

पुष ३०, काठमाडौं । अरुण कावेली बि–१ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । अरुण काबेली पावर लिमिटेडले आज सातौं आठौं संयुक्त वार्षिक साधारण सभामा सोको जानकारी दिएको हो ।  

मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण अन्तिम चरणमा पुगेको बताइएको हो । 

परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्र्तगत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ ।  

null

कम्पनीले निर्माण गर्नुपर्ने काबेली देखि अमरपुर सवस्टेशन सम्मको ४.५ किलोमिटर लामो १३२ के.भी प्रसारण लाईन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भईसकेको छ । 

साथै परियोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्लाको अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको लिमिटेडले जनाएको छ । 

 

यस परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि रु ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि रु ८.४० प्रति किलोवाट घण्टा कायम गरिएको छ ।  

यस आधारमा परियोजना निर्माण सम्पन्न भई सञ्चालन भएको पहिलो वर्ष रु ७६.० करोड आम्दानी प्राप्त हुनेछ । यो आयमा पाँच वर्ष सम्म बार्षिक ३ प्रतिशतका दरले मूल्य वृद्धि हुने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । 

परियोजनाले गत असोज २४ गतेबाट उत्पादन सुरु गरी विद्युत खरीदमा सम्झौता गरेपनि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने ट्रान्समिशन लाईन निर्माण पुरा गरी नसकेकोले माघ महिना भित्र आयोजनाको निर्माण सम्पन्न भई चालु हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेको भनाई छ । 

२५ मेगावाट क्षमताको काबेली बि –१ जलविद्युत परियोजना निर्माण पूरा गर्न कूल ४६३ करोड लागत लाग्ने अनुमान छ । हालसम्म परियोजना निर्माणमा ४५४ करोड लगानी भईसकेको छ । परियोजना निर्माणका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट परियोजना कर्जा वापत रु २९४ करोड लगानी छ भने, शेयरधनीहरुका तर्फबाट १५० करोडको लगानी भईसकेको छ । 

कम्पनीको शेयर निष्काशन तथा वाँडफाँड कार्य पुस ५ मा सम्पन्न भएको छ । अरुण काबेली पावर लिमिटेडको शेयर ०७४ बैशाख ३ गते देखि धितोपत्र वजारमा कारोवार भईरहेको छ । 

आयोजना प्रभावितहरुलाई निष्काशन भएको स्थानीय सर्वसाधारणको मिति २०७६/०३/२४ तथा संस्थापक शेयरधनीहरुको साधारण शेयर मिति २०७६/९/४ देखि लकईन खुल्ला भई स्वतन्त्र रुपमा शेयर किनबेच गर्न सकिनेछ । कम्पनीले परियोजनाको निर्माण कार्य पूरा गरी विद्युत उत्पादन सुरु गरेको आ.व. २०७६/७७ देखि शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने बताएको छ । 

लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।  

कम्पनीका संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सीनालाई चयन गरेको छ । यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट मिलन खड्का तथा नोलकुमारी आचार्य र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाई सञ्चालक समितिमा चयन गरेको जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *