सडक निमार्ण रोकिएपछि जामुनगाछीका स्थानिय आन्दोलित

पुस १७, बिराटनगर । लामो समयदेखि सडक र नालाको निमार्णकार्य रोकिएपछि बिराटनगर महानगरपालिका वडा नं ४ र ५ का स्थानियवासी बिरोधमा उत्रिएका छन । एक हप्ताभित्र सडक तथा नालाको काम अगाडि नबढाए सडक जाम गरेर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
बिराटनगर महानगरपालिकाको वडा नं ४ र ५ को सिमामा एकवर्ष अघिदेखि रोकिएको निर्माणको काम अघि नबढेपछि स्थानियले सडकमै पत्रकार सम्मेलनको आयोजना गरी निर्माण अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । जामुनेश्वर मार्गमा एसियन विकास बैैंकको सहयोगमा मझौला शहरको एकिकृत वातावरणीय सुधार परियोजना अन्र्तगत सडक नाला निर्माणको काम भईरहेको थियो ।
null
निर्माणकै क्रममा नियम बिपरीत महानगरपालिकाले आफ्नो घर मिचेर सडक बनाउन खोजेको भन्दै केही स्थानियले महानगरपालिका बिरुद्ध नै मुद्धा दायर गरेका थिए । उच्च अदालत बिराटनगरले आफ्नो नम्बरी जग्गाभित्र सडक बनाउन खोजेको दाबी गर्ने घरधनी र महानगरपालिकालाई छलफलमा बोलाई ४ घरले दावि गरेको जग्गा बाहेकका ठाउँमा निर्माण कार्य गर्न मिल्ने बताएको थियो । तरपनि गत फागुन पछि ठप्प भएको निर्माणको काम अहिलेसम्म सञ्चालन हुन सकेको छैन । पुलचोक देखि नहरसम्म निर्माण ठप्प भएको सो २५ मिटरको सडकको काम अघि बढाउनुपर्ने स्थानियवासीको माग रहेको छ ।
सडक छेउको नाला निर्माणको क्रममा भएका खाल्डा तथा जिर्ण सडकका कारण आफुहरुलाई असर परेको स्थानिय बताउँछन् । बाटो बनाउन महानगरपालिकामा दवाब दिँदा अदालतमा मुद्दा छ भनेर टार्ने गरेको स्थानियले गुनासो गरेका छन् । बिराटनगर जामुनगाछीकी लक्ष्मी थापाले भनिन् ‘यस क्षेत्रको विकासका लागि डेढ करोड बजेट छुट्याएर राखेको छ अरे । नगरपालिकामा कुहाएर राखेर हुन्छ सहमति भएन भने ? १० वर्ष सम्म मुद्धा चल्ला पर्खेर बस्ने हामीले बाटोको धुलो खाएर ? सहमती गरियोस् । मेयरले प्रयत्न गर्नु पर्छ पर्दैन ? मयरले एकपटक पनि स्पोर्टमा आएर हेरेका छैनन ।
मेयरले निदाएर बस्ने त्यसरी कुम्भकर्ण ? हामी जनता मान्छौँ त्यसरी ?’ त्यस्तै स्थानिय एपोलो भगतले पनि बिराटनगर महानगरले मुद्धाको बहानामा विकास निर्माणको काम टार्न नमिल्ने बताए । उनले भने ‘हामीले महानगरपालिकालाई कर तिर्छौँ । हामी नगरवासी हौँ । तत्काल महानगरपालिकाले सडक नाला निर्माणको काम गरोस अन्यथा हामी जे पनि गर्न तयार छौँ ।’ यता केहीले भने आफ्नो नम्बरी जग्गामा महानगरपालिकाले सडकको नक्सा बिपरीत मिचेर निर्माण गर्न लागेको आरोप लगाएका छन् ।
स्थानीय गंगा श्रेष्ठले नम्बरी जग्गामा बाटो र सडक महानगरले बनाएर आफुहरुको बिल्लीबाठ लगाउन लागेको आरोप लगाए । उनले दक्षिणतर्फबाट सडक नक्सा रहेको र महानगरले उत्तरतर्फबाट आफ्नो जग्गा काट्ने गरी निर्माण गर्न लागेको गुनासो गरे । उनले भने ‘ हामीले नम्बरी जग्गामा नक्सा पास गरेर घर बनाएर बसेका छौँ । नक्सामा बाटो देखाएको छ १ सय २२ फिट, मेरो घर अगाडीको बाटो हो १ सय २२ फिट नापिको नक्सामा रेकर्ड भएको कुरा हो । नक्सा पास गरेर घर बनाएका छौँ । भोगचलनमा बाटो जम्मा ६० फिटको मात्र छ ।
६२ फिट बाटो देखिँदैन । बाटो कहाँ गयो त ? कि अदालतले प्रमाणित गरिदिनु पर्यो बाटोमा पर्यो भनेर । त्यसै अरुको जग्गा मिच्न पाईन्छ ? ’ अदालतले समेत सडक निमार्ण अघि बढाउन बाटो खोलि दिएपछि पनि एउटा बाहानामा अड्किएर विकास निर्माणका कामहरु ठप्प पार्दा यहाँका स्थानियवासी मर्कामा परेका छन् ।








