ग्लोबल आइएमईको नयाँ शाखा रहित बैंकिङ्ग सेवा चुहाडेमा

पुस ३०, काठमाडौँ । ग्लोबल आइएमई बैंकले हिजोबाट आइतबार देखि उदयपुर जिल्लाको त्रियुगा नगरपालिका – ७, चुहाडेमा ११७ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको ११७ औँ शाखा रहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानिय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । 

उक्त शाखा रहित बैंकिङ्ग सेवा बैंकको गाईघाट शाखाको मातहतमा रहने छ । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सिमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *