बालबालिकालाई अभिभावकको साथ बिना ‘चौका दाउ’ हेर्न मनाही

 

पुस २४, काठमाडौँ । कमेडीले भरिपूर्ण नेपाली फिल्म ‘ चौका दाउ’ प्रदर्शनको लागि सेन्सर पास भएको छ । लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको फिल्म ‘चौका दाउ’ लाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले उक्त फिल्म हेर्न अभिभावकको साथमा हेर्न मिल्ने गरि पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । 

 

null

पुर्नेन्दु झा ले निर्देशक गरेको यस फिल्ममा ४ पाका उमेरका व्यक्तिहरु एक यवतीको प्रेममा पर्दा के–के समस्याहरु आई पर्दछ भन्ने देखाईएको छ । फिल्ममा मुख्य कलाकारको भूमिका बर्षा राउत, रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तले निभाएका छन् । 

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारीले गरेका हुन् भने फिल्ममा संगीत भने संगीतकार शम्भूजित बास्कोटा आफैले दिएका छन् । फिल्म ‘चौका दाउ’ पुष २७ बाट देशको सम्पपूर्ण हलमा प्रदर्शनमा आउने तय भएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =