नारायणी उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने घोषणा

वीरगन्ज। प्रदेश सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई शिक्षण अस्पताल (मेडिकल कलेज) बनाउने घोषणा गरेको छ। 

संघीय सरकारले केन्द्रीय टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गर्ने निर्णय गरेको अस्पताललाइ प्रदेश सरकारले शिक्षण अस्पताल बनाउने घोषणा गरेको हो।  

शुक्रबार साँझ अस्पतालको स्थलगत निरिक्षण गरेका मुख्यमन्त्री लालबाबु राउतले अस्पताललाई शिक्षण अस्पताल बनाउने घोषणा गरेका हुन्। प्रदेश सरकारको आगामी नीति , कार्यक्रम तथा बजेटमा नारायणी उपक्षेत्रीय अस्पताललाइ शिक्षण अस्पताल बनाउने कार्यक्रम समेटिने राउतको भनाइ छ।आजको अन्नपुुर्ण पोष्ट दैनिकमा खबर छ ।  

null

‘प्रदेश २ मा एउटा सरकारी मेडिकल कलेजको आवश्यकता छ’, मुख्यमन्त्री राउतले भने, ‘नारायणी उपक्षेत्रीय अस्पताललाई नै प्रदेश सरकारले मेडिकल कलेज बनाउने लक्ष्य लिएको छ।’ संघीय सरकारको मन्त्रिपरिषद बैठकले गत सोमबार मात्रै अस्पताललाई टर्सरी हस्पिटल (केन्द्रीय स्तरको)  बनाउने निर्णय गरेको थियो।  

नारायणी उपक्षेत्रीय अस्पताललाइ टर्सरी हस्पिटलका रुपमा स्तरोन्नती गर्ने संघीयको सरकारको मन्त्रिपरिषदको निर्णय भने बिहिबार मात्र सार्वजनिक गरिएको थियो।   

संघीय सरकारको निर्णयसँगै नारायणी उपक्षेत्रीय अस्पताल, अब विशेषज्ञ सेवासहितको पाँच सय शैयाको टर्सरी हस्पिटल हुने छ।शुक्रबार साँझ मुख्यमन्त्री राउत, प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवल किशोर साह र प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर प्रमोद यादवले नारायणी उपक्षेत्रीय अस्पतालको स्थलगत निपरक्षण गरेका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =