‘ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’

 

माघ ५, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँने युवा जमातको संख्या बढ्दो छ । आज काठमाडौंको माइतीघरमा युवाहरुले सरकारका विरुद्ध वृहद् प्रदर्शन गरे । 

सोलिडारीटी अफ डा. केसी अलाइन्सको आयोजनामा काठमाडाँको माइतीघरमा भइरहेको प्रर्दशनमा युवाहरुले डा. केसीको माग प्रति सहमति जनाउँदै सरकार विरुद्ध चर्का नारा समेत लगाए । 

null

प्रदर्शनकारीहरुले डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले ‘माफिया मुखी ऐन चाहिँदैन, डा. केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’,’ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, लगायतका नारा लगाउँदै प्रर्दशन गरिरहेका छन् ।  

 

१६ औं अनसन पूर्वि पहाडी जिल्ला इलाममा गरेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उपचारका लागि राजधानी ल्याइएको छ । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औं अनशन सुरु गरेका हुन् । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =