बसमा करेन्ट लागी मृत्यु भएका पाँच जनाको सामूहिक दाहसंस्कार

धनुषा । सवेला नगरपालिका–४ स्थित बल्टियामा जन्ती बस बिजुलीको पोलमा ठोक्किएर करेन्ट लागि घटनास्थलमै मृत्यु भएका छ जनाको दाहसस्कार गरिएको छ।  

दुर्घटनामा मृत्यु भएका सिन्धुलीको दुधौली नगरपालिकाका पाँच जनाको शनिवार बेलुकी कमला नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। 

दुर्घटनामा मुत्यु भएका दुधौली नगरपालिका ९ का वर्ष ९ का आक्रोश कुमर, वर्ष २० का पुजा अधिकारी, वर्ष १७ का लिला अधिकारी, वर्ष १० का सुजन अधिकारी, वर्ष ४५ का रामबाबु अधिकारीको सामूहिक दाहसंस्कार गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए।  

null

दुर्घटनामा मृत्यु भएका धनुषा जिल्ला बाल्टिया बस्ने वर्ष ६० का केशमदेवी कुमरको उनकै घरमा दाहसंस्कार गरिएको छ।  दुधौली नगरपालिका –९ जितपुरका रामवरण कुमर दनुवारको विवाहमा बेहुली लिएर घर फर्कने क्रममा धनुषाको सवेला नगरपालिका–४ स्थित बल्टियामा शुक्रबार बेलुकी बसमा करेन्ट लाग्दा दुर्घटना भएको हो। 

बेहुला बेहुली जीपमा भएकाले उनीहरू भने सकुशल छन्। बिजुलीको पोलमा बस ठोक्किँदा बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा सो घटना भएको हो।  

दुर्घटनामा मृत्यु भएकाको घर परिवारलाई प्रति घर परिवार २०—२० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको नगरप्रमुख राउतले बताए। दुर्घटनामा घाइते भएका आठ जनाको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

घाइते हुनेहरूमा दुधौलीका फुल कुमारी कुमर, राजकिम अधिकारी, निलप्रसाद अधिकारी, महेन्द्र अधिकारी, रामनारायण अधिकारी, हर्वन कुमर र सरस्वती अधिकारीको उपचार भइरहेको नगरप्रमुख राउतले जानकारी दिए।  

दुधौली नगरपालिका–९ जितपुरबाट गएको ना ५ ख १७५२ नम्बरको जन्ती बस धनुषाबाट बेहुली लिएर फर्कने क्रममा सवेला नगरपालिका–४ स्थित बल्टियामा बिजुलीको पोलमा ठोक्किएको थियो। 

नगरप्रमुख राउत सहितको एक टोली जनकपुर अञ्चल अस्पतालमा पुगी घाइतेहरूलाई भेटी सुस्वास्थ्यको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *