पसलमा तोडफोड गरी चाेरी

माघ ६, बैतडी ।  बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ । 

डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगद सहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार ८९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ । 

पसलका ताला फुटाएर चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =