सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरी – बुधबार राति सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहर भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको हो । 

मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहारपछि गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरमा रहेको न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

null

सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति सवा आठ बजे गोली प्रहार गरी फरार भएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 

घटना लगत्तै प्रहरी उपरीक्षक विष्टसहितको टोली घटनास्थल पुगेको छ । गोली प्रहार गर्नेहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । 

यसैबीच घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका मिलेट्री चिफ निशान थारुले कार्वाही स्वरुप गोली चलाएको संचारकर्मीहरुलाई फोन गरेर जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =