विराटनगरमा दोस्रो फुड फेस्टा हुँदै

 

माघ ७, विराटनगर । आगामी फागुनमा विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । भाजु युवराज फाउण्डेसन र एनवाईई एफको संयुक्त आयोजनामा हुन लागेको सो फुड फेस्टा फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको होटल नमस्कारमा चल्ने छ । 

फुड फेस्टामा विभिन्न जात जातीका लोकप्रिय स्वादिस्ट परिकारहरुको स्टल राखिने विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो । 

null

सो फुड फेस्टामा नेवारी, मारवाडी, मगर जाती, थारु राजवंशी, मुस्लिम, नेपाली लगायत विभिन्न समुदायका स्वादिष्ट खानाका साथै चाईनिज, इण्डियन, कन्टिनेन्टल खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । 

फुड फेस्टामा मा विभिन्न स्थानीय तथा राष्ट्रिय गायक गायिकाहरुले सांगितिक प्रस्तुती दिने तथा मेला स्थलमा बालबालिकाका लागि किड्स जोन पनि हुने भाजु युवराज फाउण्डेसनका अध्यक्ष युनेश राज श्रेष्ठले जानकारी दिए । 

फुड फेस्टामा जाने व्यक्तिहरुले आफुलाई मन पर्ने डिस रोजेर मिठा परिकारहरु मिठास लिन सक्ने तथा सांगितिक माहोलमा रमाउन सक्ने उनले बताए । 

मेला व्यापारिक हिसाबले मात्र नभई विभिन्न जात जातीका परिकारहरुको प्रबद्र्धनका लागि गर्न लागिएको आयोजकले जनाएको छ । 

फुड फेस्टामा ७० देखि ८० वटासम्म परिकारका स्टलहरु रहने छन् भने करिब १५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । फुड फेस्टामा प्रवेशका लागि टिकटको ५० रुपैयाँ लाग्ने छ । 

३ दिनसम्म चल्ने फुड फेस्टाको जिम्मा मन्जिना मुभिज क्रियसनले लिएको छ । करिब ४ वर्ष अगाडि विराटनगरमा पहिलो फुड फेस्टको आयोजना भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =