ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

 

पुष २०, काठमाडौं । ओपोले बिभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका बिभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भरखरै सम्पन्न अंग्रेजी नयाँ बर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

नयाँ सुरुवातको उत्सव !अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्याैल भई नसकेको भएतापनि ओपो एफनाइन जेड ग्रिन यही जनवरी महिना भित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रवल रहेको छ । बिभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएका ओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माँझ निकै लोकप्रिय छन् । यही माया र सद्भावका लागि धन्यवाद दिने सोचका साथ कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफनाइनलाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो । 

null

हरियो, सेतो र सुनौलो रंगको संमिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झैँ यसमा भने फोनको पछिल्लोतिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ । फोनको अघिल्लोतिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको व्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिन फोनमा पनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ । 

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावि अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके सट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको व्यवस्था गरिएका छन् । 

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध गरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।मूल्य :ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापी, यसको बजार मूल्य अहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमा हुने अनुमान गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *