डोटीको डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय सेवाग्राहीद्वारा तालाबन्दी

 

माघ १५, कैलाली । डोटीको पूर्वचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिका कार्यालय सहयोगीको भरमा छोडेको र जनतालाई नियमित सेवा नदिएको भन्दै स्थानिय सेवाग्राहीहरुले तालाबन्दी गरेका हुन् । 

मंलबार लगाइएको ताला आफ्ना माग पुरा नभएसम्म नखोल्ने संघर्ष समितिका संयोजक देव बहादुर खड्काले बताए । 

null

गत आर्थिक बर्षमा पनि बिदा बाहेकको १७ दिन कार्यालय अलपत्र छाडेको आरोप लगाउँदै संयोजक खड्काले कार्यालय सहयोगीको भरमा गाउँपालिका छाडेर जनतालाई सेवा बाट वञ्चित गरेको आरोप लागाए । 

उनले भने, ‘जनताहरु गाउँपालिकामा ३० किलोमिटर सम्म पैदल हिँडेर आउँछन् तर काम हुँदैन । जसको हातबाट काम हुने हो सबै एकैसाथ गाउँपालिका बाहिर हुन्छन् । गाउापालिकाका सेवाग्राही जनताले धेरै चोटी यस्तो समस्या झेल्नुपरेको छ । त्यसैले तालाबन्दी गरेका हौं ।’ 

मंगबार सेवाग्राही गाउँपालिकामा पुग्दा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनीधि, कर्मचारी सबै दिपायलमा पर्यटन सम्बन्धि तालिम चलाउन गएको जानकारी पाएपछि तालाबन्दी गरिएको स्थानिय दिपेन्द्र खडेकाले बताए । 

गाउँपालिकामा तालिम चलाउन हल तथा खान बस्नको राम्रो व्यवस्था हुँदाहुँदै पनि गाउँपालिकाले रमझम र विलासी व्यवहार देखाउँदै सेवाग्राहीलाई जानकारी हुने कुनै सूचना प्रवाह नगरेर दिपायलमा कार्यक्रम गर्नु दुःखद कुरा भएको संघर्ष समितिका संयोजक खड्काले बताए । 

पूर्वीचौकी गाउँपालिकाद्वारा आयोजना हुने तालिम गोष्ठि लगायतका कार्यक्रम पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्रभित्रै हुनुपर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका बाहिर जानुपर्ने भएमा वडाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिएर जानुपर्ने स्थानीयहरुको माग छ । 

गाउँपालिकाले लिखितरुपमा ति कुराहरु उल्लेख गरेर प्रतिबद्धता नजनाए सम्म तालाबन्दी नखोल्ने र गाउँपालिकाले अटेर गरे थप संघर्षका कार्यक्रम अघि बढाउने संयोजक खड्काले बताए । 

गाउँपालिकाको आयोजनामा जिल्ला स्थरीय खपतड पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यशाला गोष्ठीका लागि आफुहरु दिपायल आएको गाउँपालिकाका प्रमुख दिर्घ बोगटीले स्वीकार गरे । 

उनले तालाबनदीको विषयमा आफू खासै जानकार नभएको भन्दै कार्यक्रम सफल पार्न सबैको भूमिका रहेकाले जनप्रतिनीधि र कर्मचारी सहित दिपायलमा आउनु परेको बताए । उनले भने, ‘म अहिले कार्यक्रमको लागि बाहिर छु । एकदुई जनाले तालाबन्दी गरेको छ भन्ने खबर प्राप्त भएको छ । किन र कसरी लगाएको हो बुझेर समस्या समाधानका लागि पहल गर्नेछु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =