झापाका दुई स्थानमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति

पुस १७, बनियानी । झापाका दुई बिभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । 

बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको हो । 

यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा आठ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ । 

null

स्थानियवासी जाहित मियाँको दुई बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानियवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =