११ महिनामा सरकारका २९ काम, प्रशंसाभन्दा आलोचना धेरै

काठमाडौं। फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् ।  

पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा, साना किसानको एक अर्ब ३२ करोड ऋण मिनाह, श्रमिकको ज्यालाको ३९ प्रतिशत वृद्धि, आर्थिक सूचांक उत्साहजनक, शून्य लागतमा वैदेशिक रोजगार, पानी जहाज कार्यालय स्थापना, दुई रेल किन्ने तयारी छ । 

null

पहिलो चौमासिकमा १२ गौरवका आयोजनाको ८० प्रतिशत प्रगति, ज्येष्ठ नागरिक बिमा एक लाख, १० प्रतिशत रकम खातामा, त्रिभुवन विश्वविद्यालय २१ घण्टा सञ्चालन, विदेशबाट फर्किएका युवालाई दश लाखसम्म सहुलियत ऋण, नेपालको आफ्नै उपग्रह (नानो स्याटेलाइट)लगायतका सरकारका उपलब्धिका रुपमा लिइएको छ ।  

प्रधानमन्त्री रोजगार कार्यक्रम, लोडसेडिङमुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिका मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट, पर्यटक आगमन २७ प्रतिशत वृद्धि लगायतक ३३ वटा कामको विवरण नयाँ पत्रिकाले उल्लेख गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =