महिनावारीको समस्याबाट यसरी छुटकारा पाउँनुहोस्

 

माघ ४ ।  सामान्य अर्थमा महिनावारी हुनु भनेको एउटा महिला प्रजनन् क्षमताको लागि सक्षम हुनु भन्ने बुझिन्छ । महिनावारी हुनु एउटा प्राकृतिक नियम हो यो हरेक महिनामा हुनु जरुरी हुन्छ तर धेरै महिलाहरुलाई महिनावारी समयमा हुँदैन यो समस्याबाट धेरै महिलाहरु पिडित भएका छन् । महिनावारी अनियमितता हुनु मुख्य हार्मोनल कारणले गर्दा हुन्छ । 

ओभरीमा थाइराइड हर्मोन बढेर वा ‘पोलिस्टिक’ हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि महिनावारीमा समस्या देखिन्छ । 

null

माहिनावारीको समस्या हुँदा शारीरिक रुपमा पनि परिवर्तन आउँछ जस्तै डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, बसे नि ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने जस्ता समस्याहरु देखा पर्दछन् । महिनावारीको समस्याबाट कसरी बच्न सकिन्छ तल केहि उपायहरु बताईएको छ । 

– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ । 

– जीवनशैली परिवर्तन गर्नुपर्छ । 

– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ। 

– नियमित व्यायम गर्नुपर्छ । 

– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन । 

– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ । 

– शरीरलाई धेरै मोटो हुन दिनु हुँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *