छोराको मृत्युपछि एकोहोरो बनेकी प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

 

माघ ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई आइतबार बिहान अस्पताल भर्ना गरिएको छ । 

छोरा प्रकाश दाहालको मृत्यु भएपछि टोलाउने, एकोहोरो हुने जस्ता समस्या देखिएको सीतालाई चिसोका कारण ज्वरो र रुघाखोकीले ग्रस्त बनाएपछि आज बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । 

null

उनको उपचारमा डा. युवराज शर्मा लगायतको टोली संलग्न रहेको जनाइएको छ। 

लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित सीतालाई उपचारका लागि प्रचण्डले भारत, सिंगापुरलगायतका अस्पतालामा समेत देखाइसकेका छन् । 

सीतालाई मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) समेत भएको छ । 

उपचारका लागि भन्दै गत कात्तिकमा उनलाई लिएर प्रचण्ड म्याग्दीको तातोपानी कुण्डमा नुहाउन गएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =