कांग्रेसलाई जसले जिस्कायो त्यो सकियो- गगन थापा

 

माघ ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । 

सरकारले चिकित्सा शिक्षा विधेयक पारित गराएपछि नेता थापाले सभामुखले जालझेल गरेको आरोप लगाएका हुन् । 

null

‘संसद बैठकअघि भएको छलफलमा सभामुखले सहमति नभए बैठक नै अगाडि नबढाउने र मुठभेड नगर्ने सन्देश दिनुभएको थियो । तर, संसद बैठक भएपछि विधेयक पास गराउनुभयो’, नेता थापाले भने, ‘ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुनै सक्दैन ।’ 

उनले शुक्रबारको सदनमा सरकारले दुई तिहाइको अंकगणितले पेलेर विधेयक पास गरेकोमा विरोध जनाउँदै सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाए । 

सत्तारुढ सांसदहरुले विधेयकले डा. गोविन्द केसीको ९५ प्रतिशत माग सम्बोधन भएको स्मरण गर्दै सांसद थापाले ५ प्रतिशत कसका लागि भन्ने प्रश्न गरे । ५ प्रतिशत मागका लागि विपक्षीसँग मुठभेड गर्न र डा. गोविन्द केसीको जीवन लुट्न सरकार तयार भएको भन्दै उनले भने, ‘अब सरकारले जवाफ दिनुपर्छ सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली छन् ?’ 

त्यस्तै उनले नेपालमा सार्वजनिक शिक्षा बलियो हुनुपर्छ, चिकित्सा शिक्षामा मूलतः सरकार बलियो हुनुपर्छ भन्ने मागलाई कम्युनिस्टले कुल्चिएको पनि आरोप लगाए । 

‘समाजवाद ल्याउने सरकारले सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर आज विजयोत्सव मनाएको छ। सरकारलाई बधाइ छ। आज जे व्यवहार गरेको छ त्यसका विरुद्धको लडाइँ नेपाली कांग्रेसले सडक र सदनबाट पनि लड्छ’, नेता थापाले भने, ‘यसको प्रतिक्रिया र प्रतिउत्तर सरकारले आउने दिनमा थाहा पाउँछ। यो कदम सभामुखलाई पनि महँगो पर्छ। सरकारलाई पनि महँगो पर्छ। कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ। इतिहास साक्षी छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *